जीतपुरसिमरा ‘लक डाउन’ : अब के गर्ने, के नगर्ने ?

ए वान डेस्क
१० चैत्र २०७६, सोमबार १५:१६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकालाई आजदेखि लक डाउन गरिएको छ । अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने गरी उपमहानगरपालिकालाई आजदेखि लक डाउन गरिएको हो । आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले चैत्र २१ गतेसम्मका लागी लक डाउन गर्ने निर्णय गरेको हो ।

अब के गर्ने, के नगर्ने ?

मानिसहरुको भीडभाड कम होस् र कोरोना भाइरसको संक्रमण तीब्र गतिमा नफैलिओस् भन्नाका लागि विश्वका विभिन्न मुलुकले लक डाउनको विकल्प अपनाएका छन् । कोरोना भाइरस शुरु भएको चीनको वुहान शहर र अरु महानगरमा त्यहाको स्थानीय प्रशासनले लक डाउन गरेको थियो ।

अहिले कोरोना भाइरसको महामारीको केन्द्रविन्दु भनिएको युरोपको इटालीले पनि पूरै मुलुकमा लकडाउन गरेको छ । त्यसबाहेक फिलिपिन्सको राजधानी मनिला र त्यसआसपासका ५ करोड भन्दा धेरै मानिसहरु प्रभावित हुनेगरी लकडाउन गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जनता कफ्र्यूको नाममा लकडाउनको घोषणा गरिसकेका छन् ।

लक डाउन अर्थात् तालाबन्दी भन्नाले मानिसहरुलाई बाहिर ननिस्किने वातावरण बनाउनु हो । मानिसहरुलाई घरबाहिर निस्कन नदिनु र यहीअनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिनु लक डाउनको उद्देश्य हो ।

कार्यान्वयनको आधारमा लक डाउन कति कठोर हुन्छ भन्ने निर्धारण हुन्छ । कुनै मुलुकमा लकडाउनको समयमा अत्यावश्यक क्षेत्रहरु सुचारु रुपमा सञ्चालित भइरहेका छन् । केही मुलुकमा भने लकडाउनको समयमा घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिएको घटना पनि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*