कोरोना कोष : सिमराका ‘डि.बि’ ले एक महिनाको तलब दिने

ए वान डेस्क
१३ चैत्र २०७६, बिहीबार १५:४४

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य धनबहादुर श्रेष्ठ डि.बिले कोरोना भाईरस बिशेष कोषमा एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय श्रेष्ठले नेपाल सरकारले स्थापना गरेको कोरोना भाईरस बिशेष कोषमा एक महिनाको तलब दिने घोषणा गर्नुभएको हो ।

सिमराको हामा स्टिलबाट प्राप्त हुने एक महिना बापतको रकम आफुले बिशेष कोषमा दिने निर्णय गरेको श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो । श्रेष्ठले यसअघि पनि बिभिन्न क्षेत्रमा सहयोग रकम प्रदान गर्दै आईरहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*