वाह, नेता हुनु त श्यामबाबु जस्तो ! चैत्र महिनाको कोठा भाडा नलिने घोषणा
ए वान डेस्क /
नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले सिमरामा रहेको बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको छ । कोरोना भाईरसबाट सबै क्षेत्र अस्तव्यस्त भएकाले बेला नगर सभापति गुप्ताले बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गर्नुभएको हो ।
बाबा मार्केटका सञ्चालक समेत रहनुभएका गुप्ताको यो घोषणा निकै प्रशंसनीय छ । यो घोषणाबाट बाबा मार्केटका झन्डै २ दर्जन व्यवसायी लाभान्वित भएका छन् । ‘कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको छ, यस्तो अवस्थामा मानवताको निम्तिपनि मैले कोठा भाडा नलिने घोषणा गरेको हु’ गुप्ताले भन्नुभयो ।
‘धेरै दिनदेखि हाम्रो मार्केट बन्द छ, यस्तो अवस्थामा परिस्थितिलाई बुझेर उहाहरुको लागी यो घोषणा गरिएको हो’ उहाले भन्नुभयो । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय गुप्ताले कोरोना भाईरसबाट सजक र सर्तक रहन समेत सबैलाई आग्रह गर्नुभएको छ ।















