जीतपुरमा अति बिपन्न परिवारलाई वडाले कहिले बाड्छ राहत ?
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा वडा कार्यालयले अति बिपन्न परिवारलाई समयमा राहत वितरण नगरेकोभन्दै आलोचना हुन थालेको छ । कोरोना भाईरसका कारण अति बिपन्न परिवारको जिवनयापन अस्तव्यस्त भएकोभन्दै समयमा राहत वितरण नगरेपछि वडा कार्यालयको आलोचना हुन थालेको हो ।
वडा नम्बर ७ को बिभिन्न टोलमा संघ संस्था र व्यक्ति बिशेषले राहत वितरण गरिसक्दा समेत वडाले अहिलेसम्म राहत वितरण नगरेकोभन्दै शर्वत्र आलोचना भएको हो । तर वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले भने बजेट प्रयाप्त नभएका कारण राहत वितरण गर्न नसकिएको बताउनुभयो ।
३२८४ घर परिवार रहेको वडा नम्बर ७ मा ९०१ घर परिवार अति बिपन्न रहेको वडा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार हालसम्म करिव ३ लाख राहत संकलन भएको छ ।
‘७ देखि १० लाख सम्म पुर्याएपछि राहत वितरण गर्ने तयारी हामीले गरेका छौ, हामीसंग नगरबाट आएको डेढ लाख रुपैया मात्र छ’ उहाले थप्नुभयो ‘शनिवार वा आईतबारसम्म हामी राहत बाड्छौ, हाम्रो कोषमा कसैले पैसा त कसैले खाद्यँन्न दिनुभएको छ’ ।















