सिसहनियामा युवाहरुले बाडे राहत

ए वान डेस्क
३० चैत्र २०७६, आईतवार ०८:३६

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित सिसहनियामा युवाहरुले शनिवार राहत वितरण गरेका छन् । वडा कार्यालयले लक डाउनका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई राहत वितरण नगरेकोभन्दै युवाहरुले सिसहनियामा शनिवार राहत वितरण गरेका हुन् ।

युवाहरुले खैरहवा, सिसहनिया र खेस्रौलका ८५ घर परिवारलाई राहत वितरण गरेका थिए । समाजसेवी राजू उप्रेति, पलट महतो लगायतको बिशेष उपस्थितिमा प्रति परिवार ८ किलो चामल र एक प्याकेट नुन वितरण गरिएको स्थानीय युवा प्रमोद जख्मीले जानकारी दिनुभयो ।

युवाहरु सुरेश प्रसाद यादव, राम प्रवेश यादव, गर्भिलाल यादव, रामेश्वर यादव र किसान यादवको बिशेष सक्रियतामा राहत वितरण गरिएको थियो । लक डाउन भएको ३ साता पुग्नै लाग्दासमेत वडा कार्यालयले अति बिपन्न परिवारलाई राहत वितरण नगरेकोभन्दै स्थानीय युवाहरु आक्रोशित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*