नेपालमा अहिलेसम्म १६ जनालाई कोरोना लाग्यो

ए वान डेस्क
२ बैशाख २०७७, मंगलवार १७:०७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा बढ्दै गएको छ।

मंगलबारसम्म र्यापिड किट र पीसीआर विधिबाट १२ हजार ९०६ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना पुष्टि हुनेमा १९ वर्षीया युवतीदेखि ८१ वर्षीया वृद्धासम्म छन्।

स्वास्थ्य ताथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित १६ मध्ये पहिलो पटक संक्रमित देखिएका एकजना निको भएर घर फर्किसकेका छन्। १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ। अन्य ६ जनाको भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।

अहिलेसम्म देशभरका क्वारेन्टाइनमा पाँच हजार ७७१ को उपचार भइराखेको छ। उपत्यका १२ र बाहिर ८७ गरेर ९९ बिरामी आइसोलेसनमा छन्।

सोमबार राजधानीकै पेप्सिकोलाका तीजनामा र्यापिट किटबाट पोजेटिभ देएिपछि राष्ट्रिय प्रयोगशालामा गरिएको पुनः परीक्षणमा दुई जनामा पोजेटिभ भएको पुष्टि भएको छ। एकजनाको भने पुनः परीक्षण भइरहेको छ।

नयाँ संक्रमित दुवै जना बेलायतबाट चैतको पहिलो साता नेपाल फर्किएका हुन्। संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला हुन्।

अहिलेसम्म ५६ जिल्लामा र्यापिड किटबाट कोरोना परीक्षण सुरु भएको छ। अब २१ जिल्लामासमेत चाँडै परीक्षणको दायर बढाइने प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*