सिमरा प्रहरीलाई प्रतिष्ठानले दियो सेनेटाईजर बुथ

ए वान डेस्क
१० बैशाख २०७७, बुधबार १३:१९

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमरालाई सहिद ढुण्डिराज पौडेल स्मृति प्रतिष्ठानले सेनटाईजर बुथ प्रदान गरेको छ । कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रणको निम्ति प्रतिष्ठानले आज सिमरा प्रहरीलाई बुथ प्रदान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष युवराज (शिव) पौडेलले प्रहरी नायव उपरीक्षक गोविन्द पुरीलाई बुथ हस्तान्तरण गर्नुभएको थियो । सो अत्याधुनिक बुथ ईलाका प्रहरी कार्यालय सिमराको मुख्य प्रवेशद्धारमा राखिएको छ ।

बुथमार्फत कार्यालय भित्र प्रवेश गर्नेहरुलाई सेनेटाईज गरिनेछ । सो क्रममा प्रहरी नायव उपरीक्षक पुरीले अध्यक्ष पौडेललाई धन्यवाद् दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*