पथलैयामा युवाहरुले पैदल यात्रीलाई खाना खुवाउने

ए वान डेस्क
१६ बैशाख २०७७, मंगलवार १३:५३

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा पदैल यात्रीलाई खाना खुवाईने भएको छ । लक डाउनका कारण समस्यामा परेर गन्तब्यतर्फ जानेहरुलाई युवा संघर्ष समितिले खाना खुवाउने भएको हो ।

पथलैयामा आज बसेको युवा संघर्ष समितीको भेलाले यस्तो निर्णय गरेको हो । भेलाले खाना खुवाउने कार्यमा आ–आफ्नो स्थानबाट सहयोग गर्न समेत सबैलाई अपिल गरेको छ ।

आफ्नो इच्छा अनुसार आर्थिक एवंम खाद्यान्न सामाग्री सहयोग सकिनेभन्दै उल्लेखित व्यक्तिसंग समन्वय गरी सहयोग गर्न भेलाले आग्रह गरेको हो । युवा संघर्ष समितिका सचिव भुवन थापाले आफुले सक्ने सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

पथलैयामा को संग समन्वय गर्ने ?

पुर्वटोल तर्फ :                   

१) यमन राई

२)सरोज अचार्य

३)सर्क तामाङ्ग

४)किरण श्रेष्ठ

५)विकाश श्रेष्ठ

६)सुर्य गहतराज

गैरीटोल तर्फ :

१) भुवन थापा

२) हेमन थापा

३)गौरब खनाल

४)रुवन थापा

५)आशिस भट्ट

६)मनिस लामा

७)नकुल लामा

८)सन्दिप थापा

गुम्बा टोल :

१)कमल अचार्य

२)कविन यादव

३)वच्छु राय

४) गुड्डु श्रीवास्तब

५)मुन्ना हलुवाइ

६)चम्दन ठाकुर

७) सुर्यनारायण शाह

८)सुरज आचार्य

पार्क टोल :

१)आशिष् लम्साल

२)विराज न्यौपाने

३)विकाश धौजु

४)नवीन ढुङ्गेल

५)विजय रन्जितकार

६)सुनिल कार्की

उल्लेखित व्यक्तिसंग समन्वय गरी आफुले सक्ने सहयोग गर्न सकिने सचिव थापाले बताउनुभयो । त्यसबाहेक कमल आचार्यको सम्पर्क नम्बर ९८५५०२९१७८ र भुवन थापाको मोबाईल नम्बर ९८२१८५०६२४ र ९८६३४००४९४ मा फोन गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*