बारा प्रहरीद्धारा अवैद्य हतियारसहित एक जना पक्राउ
ए वान डेस्क /
अवैद्य हतियार सहित बारा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलिले अवैद्य हतियार सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले नलकटुवा बन्दुकसहित बारागढी गाउपालिका वडा नम्बर ३ सिपुराका मनोज राय नेटुलाई पक्राउ गरेको हो । सडकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा कम्मरमा लुकाई छिपाई राखेको नलकटुवा बन्दुकसहित नेटुकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पक्राउ परेका नेटुलाई हतियार मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।















