बारामा प्रहरीलाई देखियो कोरोना भाइरस

ए वान डेस्क
३ जेष्ठ २०७७, शनिबार १६:१४

जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उनमा कोरोना संक्रमण पाइएको टेकु अस्पतालले पुष्टि गरेको बताए । उनले भने, ‘अहिले ४ बजे स्वास्थ्य मन्त्रालयले पनि सार्वजनिक गर्दैछ ।’

बाराका एसपी कृष्ण पंगेनीले पनि आफूहरुलाई त्यसबारे जानकारी गराइएको बताउँदैन कन्ट्याक ट्रेसिङ थालिसकिएको बताए । उनले भने, ‘उनीसँग सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

स्रोतका अनुसार जवान प्रहरीको मुद्दा शाखामा कार्यरत भएकाले जिल्ला सरकारी वकिलको कार्यालयसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत समेतको गरी २५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*