आज ९ जना थपिए, संक्रमितको संख्या ३०४ पुग्यो

ए वान डेस्क
५ जेष्ठ २०७७, सोमबार ०९:४६

कोरोना संक्रमित आज ९ जना थपिएका छन् । \
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेस नोटअनुसार रौतहट इशनाथ नगरपालिकाको वडा नं. २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, ३० वर्षीय पुरुष र रौतहट माधवनारायण नगरपालिका वडा नं. ३ निवासी २८ वर्षीय महिला छन् ।

यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष पनि कोरोना संक्रमित भएको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ ।

आज ९ जना थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ३०४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*