‘प्रेरणा बचाऔ अभियान’ मा सहयोग गरौ
ए वान डेस्क /
ब्लड क्यानसर रोगबाट ग्रसित ललितपुरकी प्रेरणा दुलालको जिवन रक्षार्थ यतिबेला सहयोग संकलन थालिएको छ । ललितपुर महाकाल गाउँ पालिका कालेश्वोर नकन्दोल निवासी प्रेम प्रसाद दुलालकी छोरी प्रेरणाको उपचारको निम्ति सहयोग संकलन थालिएको हो ।
प्रेरणाको अहिले सिभिल हस्पिटलमा उपचार भईरहेको छ । ६ बर्षिया प्रेरणाको अभियानमा जोडिएर सहयोग गर्न अभियन्ता मञ्जु धमालाले सबैलाई आग्रह गर्नुभयो ।
अभियान सहयोग संकलन हुने जारी रहेको उहाले बताउनुभयो । ‘मैले यो अभियान शुरु गरे देखिनै सहयोग आउने क्रम जारी छ, तपाईहरुले पनि हामीलाई सहयोग गर्न सक्नुहुनेछ’ धमलाले भन्नुभयो ।
सहयोग गर्न ९८६९०३९५२० र कृषि बिकास बैंक हेटौडा शाखाको खाता नम्बर ०५०८३०११६११९४०१३ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ ।















