कुलमानको बिबादित गित फेरी युट्युबमा, व्यापक सेयर गरौ (हेर्नुस् भिडियो)

पछिल्लो समय कुलमान घिसिङको पुर्न नियुक्तीको माग गर्दै देशैभर बिभिन्न बिरोधका कार्यक्रमहरु भईरहेका छन् । देशका बिभिन्न स्थानमा सचेत युवाहरुको समुहले कुलमानको पुर्न नियुक्तीको माग गर्दै सडक संघर्ष गरिरहेका छन् ।
यो बिचमा मौलाउदै गरेको भ्रष्टाचार र सरकारलाई दबाब दिन बिभिन्न गितहरु पनि सामाजिक सञ्जालमा सार्वजनिक भईरहेका छन् । यसैबिच, कुलमानको काम र मौलाउदै गरेको भ्रष्टाचारको बिरोध गर्दै गायक तथा संगितकार राजकुमार बानियाले कुलमानको समर्थनमा बिशेष भिडियो सामाग्री तयार गरेका छन् ।
देशैभर ब्यापक रुपमा कुलमानको समर्थन आईरहेकाबेला सरकारलाई थप दबाब दिन गायक बानियाले भिडियो सामाग्री तया गरेका हुन् । बिगत लामो समयदेखि सांगितिक क्षेत्रमा सक्रिय बानियाले यस गितमार्फत सरकारको काम कारर्वाही र गल्तिहरुलाई औल्याएका छन् ।
गायक बानिया र सञ्चारकर्मी संतोष राज सापकोटाको शब्द रहेको सो गितमा स्वयं बानियाले संगित भरेका छन् । भिडियोमा गायक बानियासंगै युवा मोडल ईश्वर भन्तना र प्रदिप गौतमले अभिनय गरेका छन् ।