दोस्रो भेट्रान कपमा आज सिमरा र जैतापुर विजयी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी दोस्रो भेट्रान कप २०७७ मा सिमरा भेट्रान सिमरा विजयी भएको छ । आज भएको पहिलो खेलमा कोल्हवी भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै सिमरा विजयी भएको हो ।
गैरी टोल खेल मैदानमा भएको प्रतियोगिताको पहिलो हाफ एक एकको बराबरीमा सकिएको थियो । पहिलो हाफको ५औ मिनेटमा कोल्हवीको लागी जर्सि नम्बर ७ का शिवचन्द्र चौधरीले एक गोल गरेका थिए । सिमराको लागी पहिलो हाफको ७औ मिनेटमा जर्सि नम्बर १० का सुनिल राउत कुर्मीले एक गोल गरेका थिए ।
यसैगरी दोस्रो हाफको १९औ मिनेटमा पनि सिमराका लागी जर्सि नम्बर १० का कुर्मीले नै थप एक गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत सिमरा भेट्रानका सुनिल राउत कुर्मी आजको म्यान अफ द म्याच घोषित भए । उनलाई म्याद अफ द म्याचको उपचार सहयोग गरेका जुक्तबहादुर लामा र वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले संयुक्त रुपमा उपहार प्रदान गरेका थिए । आज विजयी भएको सिमरा भेट्रानले अब भोलिको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी आज भएको दोस्रो खेलमा जैतापुर भेट्रानबिच विजयी भएको छ । विकाशशिल भेट्रानलाई ४–३ गोल अन्तरले पराजित गर्दै जैतापुर भेट्रान विजयी भएको हो । निर्धारित ४० मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । आजको म्यान अफ द म्याच जैतापुरका गोलरक्षक नवराज श्रेष्ठ घोषित भए ।
भोलि पनि दुई खेल
प्रतियोगिता अन्र्तगत भोलि मकवानपुर भेट्रान मकवानपुर र विरगञ्ज युथ एकेडेमी भेट्रानबिच दिउसो २ बजे पहिलो खेल हुनेछ । दोस्रो खेल दिउसो ३ बजे आयोजक हुलास फुटबल क्लब र डुमरवाना भेट्रानबिच हुने अयोजक क्लबले जनाएको छ ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ३० हजार र उप बिजेताले २० हजार नगद पाउनेछ । प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ ।
प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।















