अबको बाटो कार्यकारी राष्ट्रपतीय प्रणाली : उमेश कुशवाहा

संसदिय ब्यवस्थाले नेपालमा आजसम्म कुनैपनि स्थायी सरकार दिन सकेको छैन, पचास बर्षकाे लामाे यस्तो खालको इतिहास हुदापनि ब्यवस्था परिवर्तन तिर ध्यान नजानु पुरानाे राज्य ब्यवस्थाबाट संचालित पुरानै राजनीतिक मानसिकता बाेक्नेहरुनै बर्तमान राजनितीकाे पनि हर्ताकर्ता हुनु नै मुख्य कारण हाे ।
बिगतमा पनि पटक पटक बहुमत भएर पनि ससद बिघटन भएको कुरा तपाइ हामी सबैलाई थाहा नै छ । संविधानलाई नै संसोधन गरी कार्यकारी राष्ट्र प्रमुख को चुवान नै देश बिकस र निकासको मुल आधार हुनेछ।
आम नेपाली जनताले अबकाे सासकिय स्वरुप परिवर्तनको लागि आगाडी आएर अब हुने चुनावलाई कार्यकारी राष्ट्रपतीकाे चुनाव गराउन दवाव र संघर्ष गर्नुपर्ने आजको आवश्यकता हाे ।
बिकशीत देश अमरीकमा पनी संबैधानिक ५१ सरकार रहेको छ । हाम्रो देशमा पनि ३ तहको संबैधानिक ७६१ सरकार भएकोले आम जनता अन्याैलमा रहेको तथ्य स्पष्ट नै छ । नेपाली जनसमुदायको अन्याैलता हटाउन र देश बिकास को लागी पाँच बर्षिय स्थाई सरकार निर्माण गर्न संबिधानमा परीमार्जन गरी कार्यकारी राष्ट्रपतिको चुनावमा जानू नै आजको मुख्य आवश्यकता हो।