बाराकी यादवसहित १२ जना चिकित्सकलाई काउन्सिलको निर्देशन

ए वान डेस्क
१० पुष २०७७, शुक्रबार ११:५६

नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई एक महिनाभित्र प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

बोलाइएका चिकित्सकहरुमा डा प्रेक्षा साह धनुषा, डा रोशनकुमार शाह महोत्तरी, डा शशिकान्त चौधरी पर्सा, डा प्रतिमाकुमारी यादव बारा र डा धनंजयकुमार माली पर्सा डा रजनिश खड्का उदयपुर, डा पुस्कर कुमार तिवारी पर्सा, डा विनिता सिंह रौतहट, डा कविता सिंह महोत्तरी, डा सिताराम सिंह कुसवाहा महोत्तरी, डा दिपककुमार शर्मा सिरहा र डा अजयकुमार अस्थाना रौतहट रहेका छन्

काउन्सिलकाअनुसार एक वर्ष देखि नै यी चिकित्सकहरुलाई पत्र तथा टेलिफोनबाट सम्पर्कका लागि जानकारी गराए पनि उनीहरु उपस्थित नभएपछि काउन्सिलले यसपटक एक महिनाको समयावधी दिएर सार्वजनिक सूचना निकालेको स्पष्ट पारेको छ।

सूचनामा काउन्सिलले दर्ता किताव दुरुस्त राखी समय समयमा नाम दर्ता भएका चिकित्सकहरुको सम्पूर्ण अभिलेख अध्यावधिक गर्ने काम सम्पन गर्नु पर्ने भएकोले उनीहरुलाई सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु, नागरिकता र काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्रहरुको सक्कलै प्रमाणपत्र सहित ३० दिन भित्र उपस्थित हुन भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*