दुधौरा महोत्सव फागुन ११ गतेसम्म चल्ने, आज आउदैछन् यी कलाकार

ए वान डेस्क
१० फाल्गुन २०७७, सोमबार १२:५२

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोला मैदानमा जारी दुधौरा महोत्सव २०७७ मा नेपालका चर्चित गायक बिनय कार्की क्षेत्रीले आफ्नो प्रस्तुती देखाउने भएका छन् । द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ विरगञ्जको आयोजनामा भईरहेको महोत्सवमा चर्चित गायक कार्कीले आफ्नो प्रस्तुती देखाउने भएका हुन् ।

यसका साथै चर्चित भोजपुरी गायक प्रमोद जख्मीले पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको द लिडका अध्यक्ष बिमल खड्गीले ए वान समाचारलाई जानकारी दिनुभयो । महोत्सवमा आज चर्चित गायक रमेश श्रेष्ठ मेलोडी, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक सनि सुनार, गायक ईश्वर पुडाशैनी लगायतले पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।

महोत्सव फागुन ११ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*