टांगियाबस्तिमा आगलागी : झन्डै ५ लाख नगद जलेर नष्ट
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टांगियाबस्तिमा गएराती आगलागी भएको छ । टांगियाबस्ति निवासी मान बहादुर मोक्तानको घरमा आगलागी हुदा ठुलो मात्रामा धनमाल जलेर नष्ट भएको छ ।
आगलागीका कारण मोक्तानकोे घर गोठ, पसल, भाडाकुडा, दोकानको समान सहित झन्डै ५ लाख नगद रकम समेत जलेर नष्ट भएको पारिवार स्रोतको भनाई उदृत गर्दै समाजसेवी रमेश सापकोटाले ए वान समाचारलाई जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिन जीतपुरसिमरा, निजगढ र कोल्हवीबाट बारुण यन्त्र टांगियाबस्ती पुगेको थियो ।















