गोल्डकप अपडेट : पहिलो हाफ सकियो, ‘नो गोल’
ए वान डेस्क /
सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा अहिले सर्लाही र भरतपुरबिच खेल भईरहेको छ । निर्धारित ९० मिनेटको खेल अन्र्तगत भर्खरै पहिलो हाफ सकिएको छ ।
यो समाचार तयार पार्दासम्म दुवै टिमले गोल गर्न सकेका छैनन् । नव जनजागृती युवा क्लब सिमराको आयोजनामा भएको खेलमा भोलि विजय युथ क्लब र सुदुरपश्चिम स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
विजय युथ क्लब ७औ संस्करण बिजेता हो ।















