जीतपुरसिमरा गोल्डकप : आज अफ्रिकन रुट्स र त्रिभुवन आर्मी भिड्ने
ए वान डेस्क /
बाराको सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा आज अफ्रिकन रुट्स र त्रिभुवन आर्मी क्लबचि खेल हुदैछ । दुई टिमबिचको खेल साझ ५ बजपछि शुरु हुने आयोजक नव जनजागृती युवा क्लब सिमराले जनाएको छ ।
आजको बिजेता टिमले फाईनल प्रवेशका लागी आयोजक नव जनजागृती युवा क्लब सिमरासंग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब विजयी भएको थियो ।















