जीतपुरसिमरामा गएराती श्रीमतीको हत्या, श्रीमान् फरार
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा गएराती एक जना महिलाको हत्या भएको छ । बजनीस्थित छिमेक बैंक टोलमा बसोबास गर्ने पार्वती कार्कीको गएराती हत्या भएको हो ।
पावर्तीको आफ्नै श्रीमान हरी कार्कीले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटना भएलगत्तै श्रीमान हरि कार्की फरार रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो । प्रारम्भीक अनुसन्धानबाट मृतक पार्वती कार्कीको टाउकोमा ईट्टा प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ ।
‘पहिले देखिनै श्रीमान् श्रमिती झगडा गर्थे, घटना भएको दिनपनि श्रीमान् श्रमिती झगडा गरेका रहेछन्’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो ‘हामी खबर प्राप्त हुनासाथ घटनास्थल पुग्यौ, अहिले श्रीमान् फरार छन्’ । घटनापछि श्रीमान घरबाट भागेको गाउलेले देखेका थिए । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घटनाको अनुसन्धान भईरहेको छ ।















