जीतपुरसिमरा गोल्डकपलाई व्यवस्थित गर्दै लैजानुपर्छ : नगर प्रमुख पौडेल

ए वान डेस्क
११ बैशाख २०७८, शनिबार १९:२१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरा गोल्डकपले यस क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । जीतपुरसिमरा गोल्डपको ११औ संस्करणको आज समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख डा. पौडेलले बताउनुभएको हो ।

जीतपुरसिमरा गोल्डपकलाई व्यवस्थित गर्दै लैजानुपर्ने भन्दै उहाले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘हामीले यसबर्ष गोल्डकपलाई व्यवस्थित गर्न सकेको सहयोग गर्यौ, आगामी दिनमा पनि हामी सहयोग गर्नेछौ’ उहाले भन्नुभयो ।

जीतपुरसिमरा गोल्डकप बाराको मात्रै नभई प्रदेशकै शान भएकोभन्दै उहाले यसको विकासमा सम्बद्ध सबै निकायले बिशेष चासो देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एन्फाका महासचिव ईन्द्रमान तुलाधारले जीतपुरसिमरा गोल्डकप भब्य रुपमा सम्पन्न हुन गईरहेकोभन्दै आयोजकलाई बधाई दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य जयराम दहाल, पुर्व मन्त्री ज्वाला शाह, एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली, एमालेका केन्द्रिय सदस्य दिनेश राई लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न समापन समारोहको सञ्चालन सञ्चारकर्मी सुनिल गाउलेले गर्नुभएको थियो ।

कार्यक्रममा क्लबका शालिकराम अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*