जीतपुरसिमराको ‘खसी कप’ : सिमरा युनाईटेड ४–२ ले विजयी
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगितामा सिमरा युनाईटेड विजयी भएको छ । सृजना टोलको खेल मैदानमा हिजो भएको तेस्रो खेलमा जे.एस.वाई.एल नगोललाई ४–२ गोल अन्तरले पराजित गर्दै सिमरा युनाईटेड विजयी भएको हो ।
सिमरा युनाईटेडका लागी निरज थापाले ३ गोल गरेका थिए भने कृपा चौधरीले १ गोल गरे । उता, जे.एस.वाई.एल नगोलका लागी दुवै गोल सुदिप खत्रीले गरेका थिए । नव जन प्रगति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता भदौ ५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्र्तगत आज अमलेखगञ्ज र बकुलियाबिच खेल हुने आयोजक क्लबका अध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो ।















