‘खसी कप’ मा दुई खेल : अल्लारे र बकुलिया विजयी, आज कसको खेल ?

ए वान डेस्क
१ भाद्र २०७८, मंगलवार ०९:४९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा जारी कमल प्रेम स्मृती खसी कप फुटबल प्रतियोगितामा आज पनि दुई वटा खेल हुदैछ । सृजना टोलको खेल मैदानमा आज हुने पहिलो खेल अल्लारे युवा क्लब र सुन्दरबस्ती युवा क्लबबिच हुनेछ ।

यसैगरी दोस्रा खेल सिमरा युनाईटेड र श्रीकृष्ण युवा क्लब पथलैयाबिच खेल हुने आयोजक नव जन प्रगति युवा क्लबका अध्यक्ष उदय श्रेष्ठले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा अल्लारे युवा क्लब र बकुलिया युवा क्लब बिजयी भएको थियो ।

पहिलो खेलमा औराहा युवा क्लबलाई ५–४ गोल अन्तरले गर्दै अल्लारे युवा क्लब विजयी भएको थियो । दोस्रो खेलमा हुलास फुटबल क्लबलाई बकुलिया युवा क्लबले २–० गोल अन्तरले पारजतिज गरेको थियो । नव जन प्रगति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता भदौ ५ गतेसम्म चल्नेछ । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*