जगदम्बा बिरुद्ध सिमरा युवा समुहको ‘जम्बो टोलि’ गृह मन्त्रालयमा
ए वान डेस्क /
प्रदुषण नियन्त्रण र रोजगारीको माग गर्दै सिमरा युवा समुहले गृहमन्त्री बालकृष्ण खा“णलाई ज्ञापन पत्र बुझाएको छ । जगदम्बा स्टिल सिमराबाट हुने प्रदुषण नियन्त्रण गर्नु र उद्योगमा रोजगारीको व्यवस्था मिलाउन युवा समुहले गृहमन्त्री खाणलाई ज्ञापन पत्र बुझाएको हो ।
सम्बन्धीत निकायको ध्यानाकष्र्ण गराउन सिमरा युवा समुहले केहिदिन अघि सिमरा चोकमा हस्ताक्षर अभियान समेत सञ्चालन गरेको थियो । ३ दिने अभियानका क्रममा जगदम्बा बिरुद्ध हस्ताक्षर संकल्न गरी सरकारको ध्यानाकष्र्ण गराईएको सिमरा युवा समुहले जनाएको छ ।
हस्ताक्षर संकल्न गरी ज्ञापन पत्रसंगै गृहमन्त्री खाणलाई हस्ताक्षर पनि बुझाईएको युवा समुहका नेतृत्वकर्ता संतोष कार्कीले जानकारी दिनुभयो । बर्षौदेखि जगदम्बा स्टिलले मनलाग्दी रुपमा प्रदुषण गर्दै आईरहेको भन्दै सिमरा युवा समुहले ज्ञापन पत्र मार्फत सम्बन्धीत निकायको ध्यानाकष्र्ण गराएको हो ।
सिमराबाट काठमाण्डौ पुगेको जम्बो टोलिले गृहमन्त्री खाणलाई भेटेर रोजगारीको व्यवस्था मिलाउन समेत अनुरोध गरेको थियो । टोलिको तर्फबाट गृहमन्त्री खाणलाई ज्ञापन पत्र बुझाउदै कार्कीले प्रदुषण नियन्त्र र रोजगारीको सम्बन्धमा गंभिर हुन आग्रह गर्नुभयो ।
प्रदुषण नियन्त्रणको लागी भन्दै सिमरा युवा समुहले बिभिन्न निकायको ध्यानाकष्र्ण गराउदै आएको छ ।















