जीतपुरसिमरा उपमहानगरलाई ‘बजारको फोहोर’ उपहार

ए वान डेस्क
१५ भाद्र २०७८, मंगलवार १०:१०

ए वान डेस्क /

जीतपुरसिमराका युवाहरुले उमपहानगरपालिकालाई बजारको फोहोर उपहार पठाएका छन् । लामो समयदेखि फोहोरे व्यवस्थापन गर्ने बिषयमा उपहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक बिरोध स्वरुप युवाहरुले बजारको फोहोर उपहार पठाएका हुन् ।

फोहोर व्यवस्थापन नहुदा दुर्गन्ध बढ्दै गएको भन्द सिमरा र औराहाका युवाहरुले सिमरा बजारको फोहोर उपमहानगरपालिकाको गेटमा थुपारेका छन् । किशन ढकाल र अजित खतिवडाको नेतृत्वमा रहेको युवाहरु टोलिले एकाबिहानै सिमराको फोहोर संकलन गरी उपमहानगरपालिकाको गेटमा थुपारेको हो ।

‘हामीले जति भन्दा पनि उपमहानगरले सुनेन्, बाध्य भएर हामीले आज उपमहानगरपालिकालाई बजारको फोहोर उपहार पठायौ’ युवा किशन ढकालले ए वान समाचारसंग भन्नुभयो । उपमहानगरपालिकालाई पटक पटक फोहोर व्यवस्थापनको लागी ध्यानाकष्र्ण गराएपनि बेवास्ता गरेकाले बाध्य भएर उपमहानगरको गेटमा फोहोर थुर्पानु परेको ढकालले बताउनुभयो ।

तत्कालै फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानगरपालिकाले चासो नदेखाए प्रत्यक दिन गेटमा फोहोर थुर्पाने युवाहरुले चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*