सुन्दरबस्तीमा ‘वडा अध्यक्ष कप’ फुटबल हुने

ए वान डेस्क
२९ भाद्र २०७८, मंगलवार १३:१९

ए वान डेस्क /

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा नम्बर १५ मा रहेको न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा असोज २ गतेदेखि वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताबारे जानकारी दिन क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलमा बोल्दै क्लबका अध्यक्ष रबिन्द्र कुमार गुरुङले प्रतियोगिता असोज २५ गतेसम्म चल्ने बताउनुभयो ।
सुन्दरबस्ती खेल मैदानमा हुने प्रतियोगितामा २४ वटा वडाका २४ टिमले सहभागिता जनाउने उहाले बताउनुभयो । प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष गुरुङले बताउनुभयो । गुरुङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।

पत्रकार सम्मेलमा बोल्दै वडा नम्बर १५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । खेल क्ष्ँेत्रको विकासका निम्ति युवाहरुले देखाएको अग्रसरताको प्रशंसा गर्दै उहाले वडा स्तरबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य राजकुमार राम, वडा सदस्य मनमाया घले, वडा सदस्य सुमित्रा नेपाली, वडा सचिव प्रदिप रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*