‘वडा अध्यक्ष कप’ फुटबल : आज वडा नम्बर १९ र २१ भिड्ने

ए वान डेस्क
५ आश्विन २०७८, मंगलवार ०८:५१

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर १९ र २१ भिड्ने भएका छन् । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगितामा आज वडा नम्बर १९ र २१ भिड्ने भएका हुन् ।

दुई टिमबिचको खेल दिउसो ४ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा वडा नम्बर १४ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १६ विजय भएको थियो । प्रतियोगिता असोज २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा वडाका २४ टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगिताको बिजेताले ५० हजार र उप बिजेताले २५ हजार रुपैया पाउने अध्यक्ष गुरुङले बताउनुभयो । गुरुङका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार नगद प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*