प्रथम डुमरवाना कप : आजदेखि सेमिफाईनल खेल शुरु हुदै

ए वान डेस्क
१४ आश्विन २०७८, बिहीबार १०:३५

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी प्रथम डुमरवाना कप २०७८ मा आजदेखि सेमिफाईनल खेल शुरु हुदैछ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा चारपाते खेल मैदानमा जारी प्रतियोगितामा आजदेखि सेमिफाईनल खेल शुरु हुन लागेको हो ।

प्रतियोगिता अन्र्तगत आज भक्तपुर फुटबल क्लब र सिमरा युनाईटेड सिमरा भिड्ने आयोजक क्लबले जनाएको छ । दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ । असोज ६ गतेदेखि शुरु भएको प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।

यसअघि हिजो भएको खेलमा हरियाली युवा क्लब गमरगामालाई २–० गोल अन्तरले पराजित गर्दै त्रिसुल युवा क्लब बकुलिया विजयी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*