अमलेखगञ्जमा पुष १६ र १७ गते पर्यटन महोत्सव हुने, आउदैछन् यी कलाकार

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा २ दिने पर्यटन महोत्सव हुने भएको छ । प्रदेश मिडिया प्रा.लि सिमराको आयोजनामा पुष १६ र १७ गते अमलेखगञ्जमा पर्यटन महोत्सव हुन लागेको हो ।
वडा नम्बर २१ को कार्यालयको सहयोगमा हुन लागेको पर्यटन महोत्सवमा अमलेखगञ्जको बिषयमा तयार गरिएको म्युजिक भिडियो बिमोचन, बृत्तचित्र प्रस्तुतीकरण, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती र फोटो फिचरमार्फत पर्यटकीय क्षेत्रको दृश्य अवलोकन गर्न सकिने आयोजक प्रदेश मिडिया प्रा.लिका सञ्चालक विकास पाण्डेले जानकारी दिनुभयो ।
महोत्सवमा चर्चित गायिका एलिना चौहानले प्रस्तुती देखाउने कार्यक्रम छ । त्यसबाहेक चर्चित भोजपुरी गायक प्रमोद जख्मी, गायक सुशिल पौडेल, गायक अरुण पौडेल, गायक सनि सुनार, गायक ईश्वर पुडाशैनी, गायिका सुशिला चौलागाई र अमलेखगञ्ज डान्स क्रुको प्रस्तुती रहने पाण्डेले जानकारी दिनुभयो ।
अग्रेजी नया बर्षमा आन्तरीक तगा बाह्य पर्यटकको आवागमनलाई केन्द्रित गरेर आयोजना गर्न लागिएको महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ ।
महोत्सवको मुख्य प्रायोजकको रुपमा दुबोर्ग बियर रहेको छ । प्रायोजकमा भने यु आर गोल्ड प्रिमियम मसला चिया, रिजाल फल्स सेलिङ हाउस, जगदम्बा फोर स्टार निर्माण सेवा र कालिका एण्ड गौतम दालमोठ रहेको छ ।