नव जनजागृती युवा क्लबको १४औ साधारणसभा सम्पन्न
बाराको सिमरामा रहेको नव जनजागृति युवा क्लबको १४औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पोखरेलले खेलकुद स्वास्थ्यका लागि अपरिहार्य भएको बताउनुभयो । खेलकुदले युवालाई दुव्र्यसनबाट वचाउन सहयोग पुर्याउने भन्दै खेलका लागि स्थानीय सरकारले पनि सहयोग गरिरहेको उहाले बताउनुभयो ।
जीतपुरसिमरा उपमहनगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख शिवजी प्रसादले नगर खेलकुद समिति छिटै निर्माण गर्न पहल गर्ने बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, वडा नं २ का अध्यक्ष तिलकबहादुर श्रेष्ठ, सञ्चारकर्मी प्रकाश लम्साल, व्यवसायी युवराज पौडेल, नेपाली काँग्रेसका नगर सभापति छवि शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव शम्भुसिंह ठकुरी र स्वागत सचिव श्यामकृष्ण सुवेदीले गर्नुभएको थियो । खेलकुद तथा विभिन्न समयमा हुँदै आइरहेको गोल्डकप फुटवललाई सहयोग गर्दै आएका विभिन्न व्यक्ति तथा संस्थालाई क्लबले सम्मान गरेको छ ।
सम्मानीत हुनेहरुमा विनोद सिटौला, राम कार्की, राजकुमार तिवारी, नेत्रबहहादुर खड्की, रविन्द्र पौडेल, ईच्छाबहादुर वाग्ले, पवनबाबु गुप्ता, शेखर घिमिरे, बलराम सुवेदी, दिनेश सुवेदी, लामा सप्लायर्स, पंकज गुप्ता, सिमरा विजनेस सेन्टर, रोशन गुप्ता, सिनर्जी नेपाल, खनाल व्रदर्श, सन्तोष देउजा, वनदेवी सफा बालुवा जीतपुरसिमरा, रमेश थापा, नवीन अधिकारी, टंक घिमिरे, राम कार्की लगायत रहेका छन् ।















