युवा समाजसेवी साहद्वारा मशानघाटमा साेलार बति जडान

ए वान डेस्क
२ माघ २०७८, आईतवार १४:२१

बाराकाे जितपुर स्थित राताेपुलकाे शमशानघाटमा रातकाे समयमा शव जलाउँदा मलामीहरुलाइ पर्न गईरहेकाे समस्यालाई समाधान गर्न समाजमा अग्रसर शान्ति युवा बिकास मच्चले साेलर बति जडान गरेको छ ।

शान्ति युवा बिकास मच्चका अध्यक्ष बिबेक सर्राफ काे अध्यक्ष्ातामा तथा जितपुरका जल्दाबल्दा युवा समाजसेवी मनाेज कुमार साहकाे प्रमुख अतिथ्यतामा चारवटा साेलार बतिकाे स्वीच थिची उज्यालो कार्यक्रममााकाे उद्घाटन गरियो ।रात्रि समयमा अंध्याराेमा शवकाे दाहसंस्कार जाने मलामीहरुलाइ अब उप्रान्त अंध्याराेबाट हुने समस्याको समाधान गर्न शान्ति युवा बिकास मञ्चले अति नै सह्रानीय कार्य गरेको प्रमुख अतिथि मनाेज कुमार साहले बताए ।

आजको यश उज्यालो कार्यक्रम शान्ति युवा बिकास मञ्चका पुर्व अध्यक्ष मनिष दाहाल ,उपध्यक्ष याेगेश अधिकारी,सचिव सजय चाैधरी, अजय कुशवाहा, कृष्णप्रसाद जैसवाल , सल्लाहकार नवीन मैनाली लगायतका सदस्यहरुकाे उल्लेख्य सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*