सिमरा जेसिसको अध्यक्षमा अधिकारी चयन, यस्तो बन्यो जम्बो टिम
सिमरा जेसिस वर्ष २०२२ को अध्यक्षतमा पुरुषोक्तम अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार साँझ सिमरामां आयोजित कार्यक्रममा अगामी नेतृत्वको लागि अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन भएको हो ।
नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा लक्की रिमाल,बासुदेव अधिकारी र अन्य ४ जना उपाध्यक्षहरुमा अस्मिता शर्मा,सविता गौतम,सुयोग अधिकारी र शुशिल पौडेल रहेका छन् । साथै अध्यक्षले मनोनित गर्ने पदहरुमा महासचिव लक्ष्मण अधिकारी,कानुनी सल्लाहकार रञ्जित सापकोटा,कोषाध्यक्ष सञ्जित सुवेदी लगायत रहेका छन् ।
साथै अन्य विधाहरुमा अध्यक्ष सल्लाहकार कमिटिमा राजन उप्रेती,हरिशरण अधिकारी, देव श्रेष्ठ, विनोद सापकोटा लगायत रहेका छन् ।साथै जेसिस बिरगञ्ज शाखाका पुर्व अध्यष दिलिप ढुंगेल अध्यक्ष सल्लाहकारको रुपमा रहेका छन् । वर्षभरि अतिरिक्त कार्यक्रमका लागि विभिन्न संयोजकहरु पनि तोकिएको छ ।
सञ्चार संयोजक,महिला संयोजक, कोषवृद्धि संयोजक, सदस्य वृद्धि संयोजक लगायत पनि तोकिएको छ । सिमरा जेसिस २०२२ का अध्यक्ष पुरुषोक्तम अधिकारीले कार्यसिमिति पदाधिकारीहरुको सल्लाह सुझाव बमोजिम २०२२ लाई जेसिसमय बनाउदै धुमधाम सँग मनाउने प्रतिवद्धता जनाएका छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा विशिष्ट अतिथिमा प्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमराका उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी गत वर्षका सिमरा जेसिसका अध्यक्ष शालिकराम अधिकारी लगायतले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जीतपुरसिमराका राजनीतिक तथा सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो भने गतवर्षका सिमरा जेसिसका सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान सहित मायाको चिनो समेत प्रदान गरिएको थियो ।















