नेपालमा थप २८ जनामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ पोजेटिभ नमुनाहरुको एस–जिन स्क्रिनिङ गर्दा २८ वटा नमुनाहरु (८८%) एस–जिन नेगेटिभ पत्ता लागेको छ । यस्तै, अन्य ४ जनामा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ ।