आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

ए वान डेस्क
१३ माघ २०७८, बिहीबार ०९:२८

पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रीस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो। उक्त खेल आर्मीले १-० गोलअन्तरले जितेको थियो।

यता मनाङले भने नेपाल पुलिसलाई २-० गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो। आहा रारा गोल्डकपले अहिले रंगशालामा दर्शक राख्ने अनुमति पाएकाको छ। सुरुका खेलहरुमा दर्शकको अनुमति नपाए पनि सेमिफाइनल र फाइनल खेलमा उसले रंगशालाको क्षमताको एक तिहाई दर्शक राख्ने अनुमति पाएको हो।

यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मछिन्द्र क्लबलाई हराउँदै विभागीय टिम २०६४ पछि पहिलो पटक फाइनलमा पुगेको छ। फाइनल खेल शनिबार हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*