सिमरा बिजनेस सेन्टरको आयोजनामा ‘भ्यालेन्टाईन डे’ बिशेष कार्यक्रम हुने

ए वान डेस्क /
बाराको सिमरामा भ्यालेन्टाईन डे बिशेष कार्यक्रम हुने भएको छ । सिमरा बिजनेस सेन्टरको आयोजनामा प्रणय दिवसको दिन बिशेष कार्यक्रम हुन लागेको हो ।
फागुन २ गते भ्यालेनटाईन डे को अवसरमा बिजनेस सेन्टरले राष्ट्रिय स्तरका चर्चित कलाकारहरु सिमरा ल्याउदैछ । सो अवसरमा चर्चित गायिका ऐलिना चौहान, चर्चित गायक कल्याण आले, गायक विकास पाण्डे, गायक देवेन्द्र कार्की, गायक सनि सुनार, पनाम ब्याण्ड पथलैया साथमा द अण्डर ग्राउण्ड डान्स स्टुडियो चितवनको बिशेष प्रस्तुती रहने कार्यक्रम संयोजक रवि श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो ।
उहाका अनुसार सो कार्यक्रम दिउसो ३ बजेदेखि शुरु हुनेछ । सिमरा बिजनेस सेन्टरमा हुने कार्यक्रम हेर्न आउन समेत उहाले आग्रह गर्नुभयो ।