सिमरा गोल्डकप : आयोजकको विजयी शुरुवात, हेटौडा ४–१ गोल अन्तरले पराजित

ए वान डेस्क
२५ माघ २०७४, बिहीबार १८:३६

ए वान डेस्क /

रुस्लान नवौ सिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक नवजनजागृती यूवा क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा हेटौंडाको विजय युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दे नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टिमले विजयी शुरुवात गरेको हो ।

खेलको पहिलो हाफ अघि एक गोल गरेको सेतो टिमले त्यसपछि भने लगातार ३ गोल गरेर विजयी भएको थियो । खेलको क्रममा विजय युथ क्लबले धेरै मौका पाएको थियो । तर मौकाको सदुपयोग गर्न नसक्दा अन्ततः हार व्यहोर्नु प¥यो । यता, शुरुमा आक्रमक रुपमा प्रस्तुत भएको सिमराको सेतो टिमले पहिलो हाफपछि भने खेल मिलाएर खेलेको देखियो ।

२०७२ सालमा भएको सातौ गोल्डकपमा विजय युथ क्लब हेटौडा पहिलो भएको थियो । आजको म्यान अफ दि म्याच एन.जे.जे.वाई.सि.‘सेतो’ का त्रिदेव गुरुङ्ग घोषित भए ।

भोलि एपिएफ क्लब र नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘निलो’ बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*