मनोनयन दर्ताको दोस्रो दिन : जीतपुरसिमरामा आज ठुला दलले दर्ता गर्ने

ए वान डेस्क
१२ बैशाख २०७९, सोमबार ०८:२४

ए वान डेस्क /

स्थानिय तहको निर्वाचन अन्र्तगत आज मनोनयन दर्ताको दोस्रो दिन । जीतपुरसिमरा उपमहानगरपालिकामा आज ठुला राजनितिक दलहरुले मनोनयन दर्ता गराउने छन् ।

निर्वाचन कार्यालय जीतपुरसिमराका अनुसार हिजो साना राजनितिक दलहरुले मनोनयन दर्ता गराएका थिए । प्राप्त जानकारी अनुसार हिजो ४७ जनाले बिभिन्न पदमा उम्मेद्धवारी दर्ता गराएका थिए । मनोनयन दर्ताको हिजो पहिलो दिन निर्वाचन कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको थियो ।

वडा नम्बर २१ को वडा अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवार सरिता प्रसाईले पहिलो मनोनयन दर्ता गराउनुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उम्मेदवारहरुले आज मनोनयन दर्ता गराउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*