जीतपुरसिमरा : मनोनयन दर्ता गराउन एमालेका मेयर उम्मेद्धवार निर्वाचन कार्यालयमा
ए वान डेस्क /
नेकपा एमालेको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराउन सरस्वती देवी चौधरी निर्वाचन कार्यालय पुग्नुभएको छ । उप–प्रमुखका उम्मेदवार भोला अधिकारीसंगै निर्वाचन कार्यालय पुग्नुभएकी चौधरीले केहिबेरमा उम्मेदवारी दर्ता गराउदै हुनुहुन्छ ।
निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन मेयर र उप–मेयरका उम्मेदवार बाक्लो उपस्थितिका साथ उपमहानगरपालिकाको कार्यालय पुगेका थिए ।















