माओवादी : जीतपुरसिमरा २ मा घरदैलोसंगै मतदाता शिक्षामा जोड
ए वान डेस्क /
निर्वाचनको मिति नजिकिदै जादा नेकपा माओवादी केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा घरदैलो अभियानलाई तिब्रता दिएको छ । मतदातालाई आफ्नो पक्षमा ल्याउन माओवादी केन्द्रले घरदैलो अभियानलाई तिब्रता दिएको हो ।
नेकपा माओवादी केन्द्रका नेता बिरेन्द्र बास्कोटाका अनुसार माओवादी केन्द्रले वडा नम्बर २ मा ५ वटा टोलमा घरदैलो गरिसकेको छ । अभियान अन्र्तगत आज रेल्वे लिक र सुर्य नेपाल पछाडी घरदैलो गरिएको बास्कोटाले बताउनुभयो । उहाका अनुसार भोलि सिमरा बजार क्षेत्र र छिरिङ डाडामा घरदैलो गरिनेछ ।
यसैबिच, वडा नम्बर २ मा माओवादी केन्द्रले घरदैलोसंगै मतदाता शिक्षालाई जोड दिएको छ । आफ्नो पक्षमा मत ल्याउन माओवादी केन्द्रले मतदाता शिक्षालाई पनि प्रभावकारी ढंगले अघि बढाईरहेको छ ।
















