जीतपुरसिमरामा एमाले आठ, कांग्रेस चार र माओवादी दुई वडामा विजयी

ए वान डेस्क
३ जेष्ठ २०७९, मंगलवार ०५:४७

जीतपुरसिमरा उपमहानगरपालिकाको मतगणना जारी रहदा हालसम्म १४ वटा वडाको नतिजा आएको छ ।

नतिजा आएकामध्ये आठ वटामा नेकपा एमाले, चार वटामा नेपाली कांग्रेस र दुई वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

निर्वाचित १४ वडाध्यक्षमध्ये चार जना दोहोरिएका अनुहार छन् भने अन्य १० नयाँ अनुहार छन् । दोहोरिनेमा एमालेको दुई, कांग्रेस र माओवादीका एक–एक जना छन् । एमालेका कैमुदिन अंसारी, रसुल मिया अंसारी, कांग्रेसका हिराबहादुर गुरुङ र नेकपा माओवादी केन्द्रका भोजबहादुर खत्री रहेका छन् ।

जीतपुरसिमरामा हालसम्म निर्वाचित भएका वडाध्यक्षहरुः
वडा नं. १ः हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. २ः धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं. ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं. ४ः भोजबहादुर खत्री (नेकपा माओवादी केन्द्र)
वडा नं. ५ः दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)
वडा नं. ६ः कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं. ८ः शिवशंकर महतो कोईरी (नेकपा एमाले)
वडा नं. १७ः भिमबहादुर गंतान (नेकपा एमाले)
वडा नं. १९ः दीपेन्द्रकुमार क्षेत्री (नेकपा माओवादी केन्द्र)
वडा नं. २०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं. २१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं. २२ः शेखर काजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं. २३ मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं. २४ः सुलतान अंसारी (नेपाली कांग्रेस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*