नगर उद्योग वाणिज्य संघ : को हुन वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार अर्जुन लम्साल  ? 

ए वान डेस्क
९ असार २०७९, बिहीबार ०९:१८

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका लागी यही असार ११ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि शनिवार संघको कार्यालयमा निर्वाचन हुन लागेको हो ।

को हुन वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार अर्जुन लम्साल  ? 

होटल व्यवसायीको क्षेत्रमा नयँ आयाम ल्याउने व्यवसायी हुनुहुन्छ अर्जुन लम्साल । उहँको पर्यायवाची पहिचान हो लम्साल होटल । २०५२ सालबाट व्यवसाय सुरु गर्नुभएका लम्साल जीतपुरसिमराका पुराना व्यवसायी मध्य एक हो । जसले त्यो बेलादेखि उहालाई व्यवसायमा अगाडि बढ्न उत्प्रेरणा ग¥यो । होटल तथा पर्यटन व्यवसायी संघ बाराको कार्यबहाक अध्यक्ष समेत रहनुभएका लम्साल उद्योग वाणिज्य संघ जीतपुरसिमरामा यसअघि पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो । यो सहित अन्य सामाजिक संघसंस्थामा रही महत्वपुर्ण भूमीका निर्वाह गरिसक्नुभएका लम्साल व्यवसायिक हकहित, पर्यटन प्रवद्र्धन, सरसफाई अभियानलाई सार्थकता, दर्ताविनाका व्यवसायीहरुलाई दर्ता प्रक्रीयामा ल्याउन, व्यवसायीहरुको समस्या समाधानकालागि र समग्र व्यवसायीहरुको हितमा काम गर्ने गरि वाणिज्य उपाध्यक्षको उमेद्वार बनेको लम्सालको भनाई छ ।
अग्रजहरुसंगको सल्लाह र धेरे व्यवसायीहरुहरुको आग्रहमा चुनावी मैदानमा उत्रिएकाले सबैकोे मायाले विजयी हुनेमा ढुक्क हुनुहुन्छ उहा । आफ्नो पक्षमा महोल भएकाले, वाणिज्य सदस्य भएर संघबाट पाएको जिम्मेवारी सफल रुपमा पुरा गरेकाले पनि वाणिज्य उपाध्यक्षमा उमेद्वारी दिएको उहँ बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*