जीतपुरका प्रकाश गिरि : रेडिमेट व्यवसायीदेखि महासचिवको उम्मेदवारसम्म
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयनका लागी यही असार ११ गते निर्वाचन हुदैछ । ३ वर्षे कार्यकालकालागि शनिवार संघको कार्यालयमा निर्वाचन हुन लागेको हो ।
जीतपुरका प्रकाश गिरि : रेडिमेट व्यवसायीदेखि महासचिवको उम्मेदवारसम्म
उद्योग वाणीज्य संघको असार ११ गते हुने निर्वाचनमा महासचिव पदका उमेद्वार हुनुहुन्छ प्रकाश गिरि । लामो समयदेखी व्यवसायमा लागेर सफल युवा व्यवसायीको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुहुन्छ गिरि ।
सामान्य पसलबाट व्यवसाय सुरु गर्नुभएका गिरि पछिल्लो समय युवा व्यवसायीको रुपमा पहिचान बनाउनु भएको छ । जीतपुर रेडिमेट व्यवसायी संघको अध्यक्ष समेत रहनुभएका गिरिलाई सानो पसल गर्दाका पिडाहरुको बारेमा अनुभव छ । महासचिव भएर सानादेखी ठुला व्यवसायिहरुको समस्या समाधानकालागि काम गर्न चाहेको उहा बताउनुहुन्छ ।
त्यही कारणले पनि आफू महासचिव पदमा भएर व्यवसायिहरुको समस्या समाधानमा सहयोग गर्न पाउने अवसर र उवासंघलाई संगठीत रुपमा सक्षम बनाउने उद्धेश्य बोक्नुभएको छ । उहा व्यवसायसंगै सामाजिक संघसस्थाहरुमा पनि आवद्ध हुनुहुन्छ । मिलनसार र लगनशील गिरि व्यवसायीमाझ लोकप्रीय मानिनुहुन्छ ।
सबैसग सम्वन्ध राख्नुभएका गिरि लोकप्रीय व्यापारीको रुपमा परिचिय हुनुहुन्छ । यस पटकको निर्वाचनमा महासचिव पदमा आफू विजयी हुने उहा विश्वास व्यक्त गर्नुहुन्छ । व्यवसायीहरुसंग बुझ्दा सक्षम र योग्य एव. लोकप्रीय युवा व्यवसायी भएकाले गिरि विजयी हुने करिब पक्कापक्की भएको बताउछन् ।















