ओम प्रकाश गुप्ताको प्यानल : कोषाध्यक्षको उम्मेदवार बनेका कलवार को हुन् ?

ए वान डेस्क
९ असार २०७९, बिहीबार १०:२२

जीतपुरसिमरा नगर उद्योग वाणीज्य संघको यही असार ११ हुने निर्वाचनमा यहाका सफल युवा व्यवसायी रामबाबु कलवार पनि चुनावी मैदानमा हुनुहुन्छ । कलवार उद्योग वाणिज्य संघमा कोषाध्यक्ष पदमा ओम प्रकाश गुप्ता प्यानलबाट चुनावमा होमिनुभएको छ ।

२०५२ सालबाट व्यवसाय सुरु गर्नुभएका कलवार जीतपुरसिमराका एक सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । विशेष गरि खाद्यान्न व्यवसाय अंगाल्नुभएका कलवार व्यवसायीहरुमाझ लोकप्रीय मानिनुहुन्छ । बिभिन्न संघ संस्थामा रही सामाजिक गतिविधिमा सहभागि हुनुभएका कलवार सहकारीमा पनि आबद्ध हुनुहुन्छ ।

कलवार उद्योग वाणिज्य संघमा यसअघि ३ कार्यकाल सदस्य रहनुभयो । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा आर्थिक पारदर्शीता बनाउदै आर्थिक रुपमा विकासकालागि भूमीका खेल्न आफूले उमेद्वारी दिएको कलवारले बताउनुभयो । उहँले व्यवसायीहरुको हक हितकालागि काम गर्न आफू चुनावी मैदानमा रहेकाले आफूलाई मतदात गर्न सम्पूर्ण व्यवसायी मतदाताहरुमा अनुरोध गर्नुभएको छ ।

साथै व्यवसायीहरुको हकहितको निम्ति पनि आफुले उम्मेदवारी दिएको बताउदै उहाले अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*