‘सञ्चार उद्यमीदेखि वाणिज्य सदस्य उम्मेदवारसम्म’
बाराका पुराना सञ्चारकर्मी हुन कृष्ण सिग्देल । सञ्चारकर्मीहरुको प्रतिनिधित्व गर्दै सिग्देलले अहिले नगर उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्यतर्फ सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।
सिमराको मुख्य चोकमा रहेको सिग्देल ईन्टरप्राईजेका सञ्चालक समेत रहेका उनी बिभिन्न संघ संस्थामा समेत आबद्ध छन् । सहकारीकर्मी, शिक्षक, सञ्चारकर्मी, बुद्धिजिवि, समाजसेवी उनको पहिचान हो ।
विभिन्न संघसंस्थाको जिम्मेवार पदमा रहेर काम गरिसक्नुभएका सिग्देलले व्यवसायीहरुको हकहित, व्यवसायीको समस्या समाधान, साना तथा ठुला व्यवसायीले भोग्दै आएमा समस्याको समाधानमा पहल गर्ने उद्धेश्यकासाथ सदस्य बन्न चाहेको बताउनुभयो ।
सामाजिक क्षेत्रमा रहेर लामो समयदेखी समाज सुधारमा लागेकाले र व्यवसायमा लामो अनुभव भएकाले पनि व्यवसायी मतदाताहरुले मतदात गर्ने बताउनुभयो ।















