जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ : मतदान सकियो, ९७७ मत खस्यो
ए वान डेस्क /
नया कार्यसमिति चयन गर्न आज जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा मतदान सम्पन्न भएको छ । बरिष्ठ उपाध्यक्षसहित १६ पदका लागी आज संघको कार्यालयमा मतदान भएको हो ।
जम्मा १३१३ मतदाता रहेकोमा मात्र ९७७ मत खसेको छ । निर्वाचन समितिका अनुसार वाणिज्यतर्फ ८९२ र उद्योगतर्फ ८१ मत खसेको छ । यसरी हेर्दा निर्वाचनमा ७५ प्रतिशत मत खसेको देखिन्छ ।
संघको कार्यालयमा भएको मतदानको मतगणना आजैदेखि शुरु हुने निर्वाचन समितिले जनाएको छ ।















