ट्रकपार्क बनेपछि जीतपुरसिमरा थप व्यवस्थित हुन्छ : नगर प्रमुख पौडेल
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जीतपुरसिमराको समग्र विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । तराई यातायात व्यवसायी संघ सिमराले आज कार्यालय परिषरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले जीतपुुरसिमरालाई नमुना बनाउन सबैको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
नगर प्रमुख पौडेलले अस्तव्यस्त पार्किङलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले ट्रकपार्क निर्माण गर्ने तयारी गरिहेको भन्दै आवश्यक भुमिका निर्वाह गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । ट्रकपार्क निर्माण भएपछि व्यवसायीहरुको समस्या समाधान हुने भन्दै उहाले व्यवस्थित सहरको रुपमा जीतपुरसिमरा अघि बढ्ने उहाले बताउनुभयो ।
संघले जीतपुरसिमरा उपमहानगरपालिकाका नवनर्वाचित जनप्रतिनिधिहरु र नेपाल ट्रक यातायात व्यवसायी महासंघको ७औं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई संयुक्त रुपमा सम्मान गर्ने उदेश्यका साथ आज बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उप–प्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, वडा नं. २ का अध्यक्ष धन बहादुर श्रेष्ठ, नेपाल ट्रक यातायात व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष हिरालाल श्रेष्ठ, कोषाध्यक्ष ओमकृष्ण कार्की, सह–कोषाध्यक्ष राजन केसी, मधेस प्रदेश संयोजक ध्रुव प्रसाद अर्याल लगायतलाई सम्मान गरिएको थियो ।
संघको कार्यालय परिषरमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष हरिशरण अधिकारी, महासचिव जिवन श्रेष्ठ लगायतले सम्मान गर्नुभएको थियो ।















