आन्तरीक आय बृद्धि गर्ने बिषयमा सरोकारवालाले भने : करको दायरा फराकिलो बनाउनुपर्छ

ए वान डेस्क
२२ असार २०७९, बुधबार १३:२९

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाको आन्तरीक आय बृद्धि गर्न करको दायरा फराकिलो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आन्तरीक आय बृद्धि गर्ने बिषयमा बाराको सिमरामा आज भएको छलफल कार्यक्रममा सरोकारवालाहरुले करको दायरा फराकिलो बनाउनुपर्ने सुझाव दिएका हुन ।

करको दरभन्दा दायरा फराकिलो बनाउनुपर्ने भन्दै सरोकारवालाहरुले सबैसंग छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् । छलफलमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले निजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । करका कारण व्यवसायीहरु दुविधामा परेको उहाले बताउनुभयो ।

चेम्बर अफ कर्मसका अध्यक्ष रुपेश पोखरेलले नगरले करको निति बनाउनुपर्ने सुझाव दिनुभयो । करदाताको अभिलेखिकरण गर्न आवश्यक रहेको भन्दै उहाले योजना अनुरुप अघि बढ्नुपर्ने बताउनुभयो । लेखा परिक्षक सरोज भट्ले करभन्दा करको दायरा बढाउन सुझाव दिनुभयो । करको बर्गिकरणको गर्नुपर्ने भन्दै उहाले अनलाईन सिस्टमबाट अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो । बुद्धिजिवि तथा समाजसेवी मुकुन्द बहादुर क्षेत्रीले करको दायरा बढाउन अभिलेखिकरण आवश्यक रहेको बताउनुभयो ।

छलफलमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सबैसंग छलफल गरेर नगरपालिका अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उप–प्रमुख भोला प्रसाद अधिकारीले सरोकारवालाको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*