अनेरास्ववियु बाराको अध्यक्षमा खनाल चयन
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु बाराको अध्यक्षमा सम्राट खनाल सरोज चयन हुनुभएको छ । बाराको सिमरामा भएको अनेरास्ववियु बाराको २३औं जिल्ला अधिवेशनले अध्यक्षमा खनाललाई सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले खनालको अध्यक्षतामा २३ सदस्यिय जिल्ला कमिटि चयन गरेको छ । जस अनुरुप उपाध्यक्षमा शंकर यादव, सचिवमा हरि लामा, सहसचिवमा निर्जल घिमिरे, सहसचिव बिनिसा अधिकारि, सहसचिवमा संगिता गौतम र कोषाध्यक्षमा मुन्ना तिवारि चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा समिर लुइटेल, बिज्ञान चापागाइ, राजा शाह, खुसि चौरसिया, पुजा भट्टराइ, अबिरल अधिकारि, रन्जना शिंह, महमद अजरुद्धिन अन्सारि, सागर कुमार कुर्मि, बिशाल यादव, नवराज दाहाल, यासिर अहमद, रोसन कुमार मन्डल, दिपक चौधरि, पार्वति दाहाल र ऋतिका श्रेष्ठ चयन हुनुभएको अध्यक्ष खनालले जानकारी दिनुभयो । यसअघि अधिवेशनको अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष सुनिता बरालले उद्घाटन गर्नुभएको थियो ।















