जीतपुरसिमरामा विरगञ्जको भन्दा करको दर कम, कसले कति तिर्नुपर्छ ? (विवरणसहित)
जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९/८० का लागी आवश्यक करको दररेट तोकेको छ । जस अनुसार जीतपुरसिमरामा विरगञ्ज महानगरपालिकाको भन्दा करको दर कम देखिएको छ । यसअघि हजार प्रतिशत करका कारण विवादित र आलोचित बन्नुपरको जीतपुरसिमराले अहिले करको दर कम गरेसंगै चौतर्फी प्रशंसा बटुलिरहेको छ ।
सम्पती करको बिषयलाई लिएर यसअघिका मेयर निकै आलोचित बन्नुपरेको थियो । डा. कृष्ण पौडेल नेतृत्वको उपमहानगरपालिकाले करको दर ह्वात्तै बृद्धि गरेको भन्दै चौतर्फी बिरोध भएको थियो । तर अहिले नगर प्रमुख राजन पौडेलले भने करको दर कम गर्नुभएको छ । आफ्नो चुनावी प्रतिवद्धता पत्रमा समेत हजार प्रतिशत सम्पती कर खारेज गर्ने उल्लेख गर्नुभएका पौडेलले करको दर कम गर्नुभएको हो ।
केहिदिन अघि सरोकारवालासंग छलफल गर्ने क्रममा पनि नगर प्रमुख पौडेललाई करको दर भन्दा पनि दायरा बढाउन आग्रह गरिएको थियो ।
अहिलेको करको दर कति छ ? कसले कति तिर्नुपर्छ ? हेर्नुस् विवरण ।
जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८/७९ मारु ५० लाख सम्मको सम्पतीमा ०.१५ प्रतिशतका दरले हुन आउने कुल कर रकम ६१०० तोकेकोमा आर्थिक बर्ष २०७९/८० को लागी ५०० तोकेको छ । सो बमोजिम बमोजिम एकुमुलेटेड कर ६०० हुनआउछ । तर बिरंगजले सोहि रकम ५० लाखको सम्पतीको लागी आर्थिक बर्ष २०७९/८० मा ०.०५ प्रतिशत तोकेको छ ।
सो बमोजिम त्यहा एकुमुलेटेड कर २२०० कर तिर्नुपर्ने हुन्छ । जीतपुरसिमराले अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा १ करोड सम्मको सम्पतीमा ०.२० प्रतिशतका दरले हुन आउने कुल कर एकुमुलेटेड रकम १६,१०० तोकेकोमा आ.व. २०७९/८० को लागी १००० तोकेको छ र सो बमोजिम एकुमुलेटेड कर १६०० हुन आउछ ।
तर बिरंगजले सोहि रकम रु १ करोड सम्पतीको लागीआ.व. २०७९/८० मा ०.१० प्रतिशततोकेको छ र सो बमोजिमको एकुमुलेटेड रकम रु ७२०० कर तिर्नुपर्ने हुन्छ ।
















